हामी परिक्षण प्रसारणमा छौ



२६ असोज,सल्यान । फूलपातीको दिन अर्थात दुर्गा पक्षको सातौँ दिन मंगलबार सल्यानमा रहेको खैराबाङ भुवनेश्वरी भगवती मन्दीरको दर्शन गर्न श्रद्धालुहरूको भीड लागेको छ ।

आफुले चिताएको पुग्ने विश्वासका साथ श्रद्धालुहरु विधिपूर्वक पूजा आराधना गर्न खैराबाङ मन्दीर जाने सनातनी परम्परा छ । नवरात्रमा देशभरमा रहेका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस वर्षको फूलपातीको दिन खैराबाङ भगवती मन्दीरमा श्रद्धालु भक्तजनहरुले उल्लासमय रुपमा पुजा आराधना गरीरहेको देख्न सकिन्छ ।

खासगरी नवरात्रिको सातौं दिन श्रद्धालुहरुले आफ्नो पूजा कोठा या विभिन्न शक्तिपिठमा नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ । खैराबाङ भगवती पनि देशभरका शक्तिपिठ मध्ये एक महत्वपूर्ण शक्तिपिठ भएकोले श्रद्धालु भक्तजनले विभिन्न भाकलका साथ मन्दीरमा हाँस,कुखुरा,राँगा,बोकाको बली दिएर पुजा गर्ने परम्परा छ ।

गत वर्ष कोरोना संक्रमणले गर्दा श्रद्धालुहरुको चहलपहल घटेको भएपनि यसवर्ष खैराबाङ भगवती मन्दीरमा उल्लेख्य रुपमा श्रद्धालुभक्तजनको आगमन भैरहेको मन्दीर व्यवस्थापन समितिले जनाएको छ । तस्वीर – शरद रेग्मी र योग रजनी

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार, ,  १ : २६ बजे

प्रतिक्रिया दिनुहोस्