हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सुर्खेतबाट मुगुतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनाग्रस्त हँुदा २३ जना यात्रुको मृत्यु भएको छ । प्रहरीका अनुसार बस सडकबाट झण्डै २५० मिटर तल खसेको छ ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा अहिलेसम्म २३ जनाको मृत्यु भएको र १० जना भन्दा धेरै घाइते भएको छायाँनाथ रारा नगरपालिका प्रमुख हरी जंङ्ग शाहीले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

नगर प्रमुख शाहीले अहिले दुर्घटनामा परी घाइते भएकाको उपचारको लागि अस्पताल पठाएको र अन्य उद्धारका कार्यमा सबै लागीपरेको जनाउनुभएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार, ,  ४ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्