हामी परिक्षण प्रसारणमा छौ



२७ असोज, काठमाडौं । २८ वर्षमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार साँझ माल्दिभ्समा भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरी रोक्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको आजको खेलमा नेपालले नवौं मिनेटमा नै बंगलादेशबाट १ गोल खाएको थियो । बंगलादेशका सुमन रेजाले कर्नरको बलमा हेड गोल गरेर बंगलादेशले नेपाललाई पछि पारेको थियो ।

तर खेलको ८२ औं मिनेटमा बंगलादेशी गोलरक्षक जिकोले फल गरेर रातो कार्ड पाएसँगै नेपाल थप आक्रमक रुपमा अघि बढेको थियो । एउटा रातो कार्ड पाएको वंगलादेश १० खेलाडीमा सिमित भएसँगै थप दबाबमा रहेका बंगाली खेलाडीले नेपालका अञ्जन विष्टलाई डिबक्स एरियामा नै लडाउन पुगेका थिए । यो संगै खेलले नयाँ मोड लिदै नेपालले पेनाल्टीको अबसर पायो । पेलान्टी बल डिबक्स एरियामा ढलेका उनै अञ्जन विष्टले गोल हान्ने मौका पाए, जुन चान्स अञ्जनले गुम्न नै नदिएर आकर्षक रुपमा गोल गरेर नेपाललाई १–१ को बराबरीमा ल्याए ।

सन् १९९३ बाट सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुग्न सकेको इतिहास थिएन । आजको खेलसँगै बराबरीसँगै बंगलादेश समूह चरणबाटै बाहिरिएको छ भने नेपाल ७ अंक जोडेर खेलको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि नेपालले बुधबार राती हुने समूह चरणकै अन्तिम खेल भारत र माल्दिभ्स मध्ये जसले खेल जित्छ उसैसँग खेल्नेछ । तस्वीर स्रोत – एन्फा

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार, ,  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्