हामी परिक्षण प्रसारणमा छौ

माओवादी केन्द्रका ३३ केन्द्रीय विभागका प्रमुखमा को को ?(सूचीसहित)

केन्द्रीय सामान्य प्रशासन विभागको प्रमुखमा टेकबहादुर बस्नेत



४ कार्तिक,काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो ३३ केन्द्रीय विभागका प्रमुखहरु तोकेको छ । माओवादीको महत्वपूर्ण केन्द्रीय निकाय संगठन विभागको जिम्मेवारी अर्थमन्त्री जर्नादन शर्माले पाउनुभएको छ । यसैगरी अर्को महत्वपूर्ण विभागका रुपमा रहेको विदेश मामला विभागमा नारायणकाजी श्रेष्ठ, अर्थ तथा योजना विभागमा वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ ।

प्रचार तथा प्रकाश विभाग र राष्ट्रिय सुरक्षा विभागको दोहोरो जिम्मेवारी कृष्णबहादुर महराले पाउनुभएको छ । यसैगरी पूर्व मन्त्री,पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद सल्यान निवासी टेक बहादुर बस्नेतलाई पार्टीको केन्द्रीय सामान्य प्रशासन विभाग–टेकबहादुरको जिम्मेवारी दिइएको छ । कस्को जिम्मेवारी के ?

१. अर्थ तथा योजना विभाग– वर्षमान पुन

२. संगठन विभाग– जनार्दन शर्मा

३. विदेश मामिला विभाग– नारायणकाजी श्रेष्ठ

४. प्रचार तथा प्रकाश विभाग– कृष्णबहादुर महरा

५. विपद व्यवस्थापन विभाग– सूर्य सुवेदी

६. उद्योग मामिला विभाग– वामदेव क्षेत्री

७. कृषि तथा भूमिसुधार विभाग–हरिबोल गजुरेल

८. उपभोक्ता हित संरक्षण विभाग–मात्रिका यादव

९. कोष तथा आर्थिक विभाग–डोरप्रसाद उपाध्याय

१०. खानेपानी विभाग–विना मगर

११. जलस्रोत तथा ऊर्जा–लिलामणी पोखरेल

१२. निर्वाचन विभाग–खिमलाल देवकोटा

१३. कानून विभाग–मुक्ति प्रधान

१४. पर्यटन विभाग–झक्कुप्रसाद सुवेदी

१५. प्रादेशिक मामिला विभाग–पर्शुराम तामाङ

१६. पार्टी स्कूल विभाग–गिरिराजमणी पोखरेल

१७. पुस्तकालय तथ अभिलेख–नारायणप्रसाद शर्मा

१८. भौतिक पूर्वाधार विभाग–हरि अधिकारी

१९. युवा तथा खेलकुद विभाग–गणेशमान पुन

२०. राजकीय मामिला विभाग–रेखा शर्मा

२१. राष्ट्रिय सुरक्षा विभाग–कृष्णबहादुर महरा

२२. वन तथा वातावरण–शक्ति बस्नेत

२३. विज्ञान तथा प्रविधि विभाग–गणेश साह

२४. शिक्षा तथा मानवस्रोत विभाग–मायाप्रसाद शर्मा

२५. श्रम तथा रोजगार विभाग–रामेश्वर राय यादव

२६. संघीय संसदीय विभाग–देव गुरुङ

२७. समाज कल्याण विभाग–सत्या पहाडी

२८. सहकारी तथा गरिवी विभाग–धर्मदत्त देवकोटा

२९. शहरी विकास विभाग–देवेन्द्र पौडेल

३०. सामान्य प्रशासन विभाग–टेकबहादुर बस्नेत

३१. साहित्य तथा कला विभाग–गोपाल ठाकुर

३२. स्थानीय तह विभाग–उर्मिला अर्याल

३३. स्वास्थ्य तथा जनसंख्या विभाग–कल्पना धमला

३४. नीति अध्ययन प्रतिष्ठान– रामचन्द्र झा

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार, ,  २ : १८ बजे

प्रतिक्रिया दिनुहोस्