हामी परिक्षण प्रसारणमा छौ



कार्तिक,तुलसीपुर सिटिजन लाइफ इन्स्योरेन्स तुलसीपुर शाखाले आफ्नो चौथो वार्षिक उत्सवका अबसरमा तुलसीपुर गाइडरमा रहेको मानवसेवा आश्रममा रहेका व्यक्तिहरुलाई फलफुल वितरण गरेको

कम्पनीले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विहिबार सिटिजन लाइफ इन्स्योरेन्स तुलसीपुर शाखा कार्यालयले मानवसेवा आश्रमका आमाबुबाहरुका निमित्त आज दिउसोको खाजासेवा तथा अन्य खाद्यान्न सामाग्री बितरण भएको तुलसीपुर शाखाकी प्रमुख सुजन शाहले जानकारी दिनुभयो

मानवसेवा आश्रमका तुलसीपुर प्रमुख उर्विन सापकोटाले सिटजन लाइफ इन्स्योरेन्सले गरेको सहयोगप्रति आफ्नो संस्था आभारी भएको भन्दै सामाजिक कार्यमा सबैको चासो हुनुपर्ने बताउनुभयो सापकोटाका अनुसार अहिले उक्त आश्रममा ३० भन्दा बढी व्यक्ती बसीरहनुभएको उक्त कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स तुलसीपुरका एजेन्सी म्यानेजर बलबहादुर ओली लगायत तुलसीपुर शाखाको सम्पूर्ण टिमको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको थियो

 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार, ,  ५ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्