५ कार्तिक,तुलसीपुर । सिटिजन लाइफ इन्स्योरेन्स तुलसीपुर शाखाले आफ्नो चौथो वार्षिक उत्सवका अबसरमा तुलसीपुरमा रक्तदान गरेको छ ।कम्पनीले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा शुक्रबार सिटिजन लाइफ इन्स्योरेन्स तुलसीपुर शाखा कार्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
कोरोना महामारीको समयमा रगतको अभाब भएर कोही कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने भावका साथ नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र तुलसीपुर दाङको सहकार्यमा २० जनाले रक्तदान गरेको सिटिजन लाइफ इन्स्योरेन्स तुलसीपुर शाखाकी प्रमुख सुजन शाहले जानकारी दिनुभयो ।
कोरोना कहरमा रगतको अभाग भएको समयमा सिटजन लाइफ इन्स्योरेन्सले गरेको रक्तदानले धेरैको ज्यान जोगाउन सकिने भन्दै यस कार्यका लागि सिटिजनप्रती आभारी भएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र तुलसीपुरले जानकारी दिएको छ । रक्त सञ्चार केन्द्र तुलसीपुरका अनुसार आज २० व्यक्तीले रक्तदान गर्नुभएको छ ।
उक्त कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स तुलसीपुरका एजेन्सी म्यानेजरहरु कल्पना देवकोटा,निर्मला पराजुली,सीता खड्का,बिजया भण्डारी,राधा विष्ट लगायत तुलसीपुर शाखाको सम्पूर्ण टिमको उपस्थितिमा रक्तदान गरिएको थियो ।
Error generating audio.