हामी परिक्षण प्रसारणमा छौ



७ कार्तिक,सल्यान । सल्यानको कपुरकोटमा आइतबार बिहान बोलेरो जीप (डबल क्याब) दुर्घटना हुँदा उपचारको लागि दाङ तुलसीपुर प्रादेशिक अस्पतालमा ल्याउदै गर्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी  मृत्यु हुनेमा बागचौर नगरपालिका‐१ का १८ वर्षिय आशिष बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार विहान अन्दाजी ७ : ५० बजेतिर सल्यानको बागचौरबाट दाङ तुलसीपुर तर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जीप (डबल क्याब) कपुरकोट गाउँपालिका वडा नम्बर‐३,स्थित मुलपानी बनस्पति उद्यान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिनुभयो ।

गाडी दुर्घटनामा परी घाइते हुनेहरुमा बागचौर नगरपालिका वडा नम्बर १ सल्यान निवासी अन्दाजी‐१४,वर्षिय आयुस बस्नेत, २२ वर्षिय मनोज बस्नेत, बानपा‐२, का अन्दाजी २७ वर्षिय सिता वली, २८ वर्षिय बविता रावल र निजको ११ वर्षिय छोरी एसिका रेउले तथा गाडी चालक बानपा ‐२, का १९ वर्षिय हिक्मत पुन मगर रहेको प्रहरीले जनाएको छ ।

यस्तै बानपा‐२, कै १९ वर्षिय अर्जुन केसीको अवस्था सामान्य छ । केसीको कपुरकोटमा उपचार भइरहेको छ । घाइतेमध्ये बबिता रावल र आयुस बस्नेतलाई जिल्ला बाहिर रिफर गरिएको छ भने अन्य घाइतेहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । सल्यान प्रहरीका अनुसार गाडी सडकबाट एक सय मिटर भन्दा तल खोल्सामा खसेको थियो । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार हुँदै :

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार, ,  १२ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्