हामी परिक्षण प्रसारणमा छौ



१३ कार्तिक,बागचौर । स्थानीय जनगणना कार्यालय बागचौरले पत्रकारसँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । आउँदो १२ औं जनगणना अन्तर्गत कार्तिक २५देखि मंसिर ९ सम्म दोस्रो चरणको जनगणना हुन गईरहेको जानकारी बागचौर जनगणनाका अधिकारी टेक बहादुर डिसीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै बागचौर नगर प्रमुख लोकमान बुढाथोकीले परिवारको पहिचान नभएकाहरु,फिरन्ते,घुमन्ते व्यापारी लगायतको सूचिकरण गर्दा सबैले ध्यान दिनु पर्ने बताउनुभयो । मेयर बुढाथोकीले पहिले पहिले दोहोरीने भन्दा पनि धेरैजसो छुट्ने समस्या बढि भएकोले सञ्चार माध्यमहरुले प्रचार–प्रसार गरेर सबैले सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सल्यानका पत्रकारहरु, बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकी ,उप–प्रमुख कल्पना पुन तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमालको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार, ,  १० : १३ बजे

प्रतिक्रिया दिनुहोस्