हामी परिक्षण प्रसारणमा छौ



१३ कातिक,थारमारे । १२ औं राष्ट्रीय जनगणना २०७८ को लागी ४ दिने गणक तालिम जनकल्याण नमुना मा.वि. थारमारेमा शनिबारबाट सुरु भएको छ ।
स्थानीय जनगणना समन्वय समिति संयोजक एवं बागचौर नगरपालिका नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालको अध्यक्षता, नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आतिथ्यता र स्थानीय जनगणना अधिकारी टेक बहादुर डि.सीको संचालनमा आयोजित उद्घाटन कार्यक्रममा ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल थापा, मुख्य प्रशिक्षकहरु शिक्षा शाखा प्रमुख टेक बहादुर डि.सी., डा. पूर्ण बहादुर भण्डारी, चुडामनी के.सी., विरेन्द्र प्रकाश डि.सी., रविकिरण ओली लगायतको उपस्थिति रहेको थियो ।
तालीममा बागचौर नगरपालिका, दार्मा गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकाका ६८ जना गणकहरुको सहभागिता रहेको छ ।

कार्तिक १३,१४,१५ र १६ गतेसम्म संचालन हुने उक्त तालीम सँगै कार्तिक १५ र १६ गते दुई दिने सुपरिवेक्षक तालीम पनि संचालन हुनेछ । कार्तिक २५ देखि मंसिर ९ गतेसम्म गणकहरु मुख्य प्रश्नावली गणनाको लागि घरदैलोमा जाने कार्यतालिका रहेको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख लोकमान बुढाथोकीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ पछिको यो जनगणना पहिलो भएको र यो राष्ट्रव्यापी महा अभियानबाट महत्त्वपूर्ण तथ्यांक प्राप्त हुने र संमृद्द नेपाल निर्माणको लागि दीर्घकालीन योजना र नीति निर्माणका लागि भरपर्दो र विश्वसनीय तथ्यांक प्राप्त हुनेमा आफ्नो आशा र विश्वास रहेको भनाइ व्यक्त गर्नु भएको थियो । नगर प्रमुख  बुढाथोकीले जनगणनाको क्रममा आवश्यक प्राविधिक सहयोग र समन्वयको लागि बागचौर नगरको सहयोग रहने बताउनु भयोे ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार, ,  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्