हामी परिक्षण प्रसारणमा छौ



२५ कार्तिक २०७८, तुलसीपुर । दाङमा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका‐१,पातेघार निवासी ७० वर्षिय जरसिङ कामीको भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

बुधबार दिउँसो ४ बजेतिर घाँस काट्न घरबाट निस्कीएका कामीको आफ्नै घर नजिकको बारीमा घाँस काट्न जाँदा अन्दाजी ५० फिट तल भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरिक्षक नविन चुडालीले जानकारी दिनुभयो । कामी रातीसम्म घर नआएपछि आफन्तीले खोजतलास गर्ने क्रममा बिहीबार बिहान ६ बजेतिर मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीको जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार, ,  ४ : ०० बजे

प्रतिक्रिया दिनुहोस्