हामी परिक्षण प्रसारणमा छौ



कपुरकोट,सल्यान । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल)को कपुरकोट गाउँपालिका स्तरिय तेस्रो भेलाबाट अध्यक्षमा सुनिल शिरिष सर्बसम्मत चयन हुनुभएको छ ।

शुक्रबार कपुरकोटमा भएको तेस्रो सम्मेलनबाट अध्यक्षमा सुनिल शिरिष,उपाध्यक्षमा तुलाराम पुन,ज्ञानबहादुर राना,केशव भण्डारी,गणेश बुढा र सुहिल बुढाथोकी चयन हुनुभएको छ । यसैगरी वाइसियलको सचिवमा शोभाराम खड्का,सहसचिवमा प्रशान्त डी.सी र नमिता पुन,
कोषाध्यक्षमा राहुल विक लगायत ३५ सदस्यीय टिम सर्वसम्मत निर्वाचित भएको माओवादी केन्द्रका कपुरकोट गाउँकमिटी सचिव शेरबहादुर पुनले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी एवंम माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सहइन्चार्ज समेत रहनुभएका सल्यानका प्रतिनिधिसभासदस्य टेकबहादुर बस्नेतले देश,संविधान र पार्टी जोगाउन अब युवा शक्ति नयाँ ढंगले लाग्ने समय आएको बताउनुभएको थिाय । पूर्व मन्त्री समेत रहनुभएका बस्नेतले माओवादी केन्द्र कपुरकोटमा जनताको प्यारो पार्टी बन्न अब कसैले रोक्न नसक्ने दाबी गर्दै त्यसका लागि युवाहरु सचेत भएर अघि बड्न निर्देशन दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथी तिलकराज भण्डारी,मानबहादुर मल्ल,चित्रबहादुर केसी र सन्तोष राईले वाइसियलको भेला सफलताको शुभकामना दिर्दै सल्यानमा माओवादी केन्द्र फेरी पनि एक नम्बरको पार्टी बनाउनतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको थियो । यस्तै प्रदिप बस्नेत,शोभाराम भण्डारी,राजेन्द्र कुमार थापा,प्रकाश भण्डारी,सुरेन्द्र कंवर,प्रतिभा ओली,दीपेन्द्र कुमार ओली,हिमाल यात्री,शेरबहादुर पुन,वडा अध्यक्षहरु बालाराम खड्का,मानबहादुर राणा,वडा सदस्यहरु तेजबहादुर थापा श्री,लिल बहादुर घर्ती,झुपसिंह राना लगायतको उपस्थतीमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी उक्त कार्यक्रमको अध्यक्षता वाइसियलका कपुरकोट गाउँकमिटीका पूर्व अध्यक्ष मिनेन्द्र सेर्पाइलीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वाइसियल कपुरकोट पूर्व इन्चार्ज पवन कार्कीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार, ,  १० : ५९ बजे

प्रतिक्रिया दिनुहोस्