हामी परिक्षण प्रसारणमा छौ



बागचौर ,सल्यान । सल्यानको बागचौर नगरपालिकाको थारमारेमा निःशुल्क दन्त शिविरमा झण्डै एक सय बढी स्थानीयले आफ्नो दाँत सम्बन्धी स्वास्थ्य चेक गराएका छन् ।

सामान्य असावधानीका कारण दाँत किराले खाएका र समस्या गम्भीर बन्दै गएका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको अधिकारी डेन्टल क्लिनिक प्रा.लि श्रीनगरले जनाएको छ । शिविरमा निःशुल्क दाँतको चेक जाँच, मुख तथा दाँत सम्बन्धी औषधी उपचार, दाँत निकाल्ने, दाँत सफा गर्ने गर्ने कार्य भएको अधिकारी डेन्टल क्लिनिक प्रा.लि श्रीनगरले जनाएको छ ।

जनताको समस्यालाई मध्यनजर गरी आगामी दिनमा यस प्रकारका वृहत शिविर सञ्चालन गर्ने बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले सल्यानन्युजलाई बताउनुभयो । मेयर बुढाथोकीले समयमै दाँत र खानपानमा ध्यान दिन सकेमा दाँतको समस्याबाट मुक्ति पाउन सकिने भन्दै सबैलाई सचेत रहन आग्रह गर्नुभएको थियो ।

स्वास्थ्य शिविरमा आउनुभएका बागचौर नगरपालिका –९, का मेघलाल डाँगीले आफ्नै घरआगनमा दाँतको उपचार गर्न पाउँदा आफु निकै खुशी भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘दाँतको समस्याले सताई रहेको थियो बाहिर जाने सोचमा थिए । ठिक यहिबेला दाँतको उपचार यहि पाए खुशी लागेको छ ।’

अधिकारी डेन्टल क्लिनिक प्रा.लि. श्रीनगरद्वारा आयोजित १ दिने निशुल्क डेन्टल शिविर बागचौर नगरपालिकाको सहकार्य, सल्यानी युवा संजाल बागचौर नगर कार्यसमितिले सहजीकरण गरेको थियो । आज भएको दन्त शिविरमा दाँत सम्बन्धि समस्या भएका १०६ जना मानिसको चेकजाँच गरिएको थियो । शिविरमा हल्लीएको दाँत फाल्ने, दातको चेकअप गराउने, दाँत सम्बन्धि समस्या भएका मानिसहरुलाई आवश्यक परामर्श दिएर औषधि समेत निशुल्क प्रदान गरिएको अधिकारी डेन्टल क्लिनिक प्रा.लि. श्रीनगर सल्यानले जनाएको छ ।                           तस्वीर  : बामेदेब केसी

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार, ,  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्