हामी परिक्षण प्रसारणमा छौ



दाङ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति दाङको चौथो जिल्ला अधिवेशनले रुद्रमणि पौडेलको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी सर्बसम्मत चयन गरेको छ ।

शनिवार दाङको घोराहीमा सम्पन्न चौथो अधिवेशनबाट रुद्रमणि पौडेलको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा किरण जैशी, रेशमलाल शर्मा र कुन्ता भण्डारी, सचिव अमर ओली, सहसचिव खड्क केसी र कोषाध्यक्ष मनोज बिष्ट चयन हुनुभएको छ ।

सदस्यहरुमा काशीराम ओली, चन्द्रप्रकाश नेपाली, अर्जुन श्रेष्ठ, कुविरजंग खड्का, दानसिंह रोका, जोखिम ओली, गोपाल केसी, ओमप्रकाश केसी, दीपा पुन मगर, पुष्कर बिक, दीपक राना, कृष्ठ श्रेष्ठ, पोषणराज शर्मा, चन्द्रशोभा कँडेल, यमलाल भण्डारी, नमुना खड्का, कृष्ण चौधरी, रामराज पौडेल, अस्मिता थापा र आशिष बिसी रहनुभएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार, ,  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्