हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको आजको बन्दले प्रभाव पारेको छ । आज जिल्लाको खंलगा तथा श्रीनगरबाट लामो तथा छोटो दूरीका सर्वाजनिक सवारीका साधनहरु कतै गएका छैनन् । लामो तथा छोटो दूरीका सबै सवारीका साधन बसपार्कमै थन्किएका छन् ।

विप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेको बन्दका कारण सम्पूर्ण शैक्षिक संस्थाहरुले आज पठनपाठन सञ्चालन नहुने भन्दै अभिभावक तथा विद्यार्थीलाई सूचित गरेका कारण सबै पूर्णरुपमा बन्द रहेको छन् । तर, बन्दमा प्रेस, तरकारी,पानी,दूध बोकेका सवारीका साधन र एम्बुलेन्स भने निर्वाध रुपमा चल्न दिएको नेकपा सल्यानले जनाएको छ ।

नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो । विप्लव नेतृत्वको पार्टीका विभिन्न जनवर्गीय संगठनले सल्यानको बागचौर लगायत मूख्य ठाउँमा हिजो साँझ राँकेजुलुस समेत निकालेका थिए । बन्दले सल्यानका मूख्य व्यापारीक केन्द्रका बजार सुनसान बनेका छन् ।

 

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार, ,  ११ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्