सल्यान,दार्मा । सल्यानको दार्मा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा नेताहरुले मतदाता नामावली बनाउनेहरुका लागि निशुल्क गाडीको व्यवस्था गरेर नयाँ मतदातालाई सहयोग गर्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) सम्बद्ध स्थानिय युवा नेताहरु दुर्गा बहादुर मल्ल,सुदिप केसी,दिवस केसी,गणेश बहादुर खड्का,भोपाल खड्का,चन्द्रबहादुर खड्का लगायतले सल्यानको दार्मा गाउँपालिकाको केन्द्र फारुलामा मतदाता नामावली बनाउन जाने नयाँ मतदाताका लागि गाउँका विभिन्न ठाउँबाट निशुल्क गाडीको व्यवस्था गर्नुभएको हो ।
युवाहरुले दार्मा गाउपालिकाका आम दर्माली नागरिकलाई सहज होस भनी यहि मंसिर २१ र २३ गते पालिकाको केन्द्र फारुलाचौर सम्म आउन जानको लागि गाडीको व्यवस्था गरेका हुन् । यसैगरी यही युवा टोलीले दाङ जिल्लामा बसोबास गर्ने दार्मावासीहरुलाई तुल्सिपुर,लमही र भालुवाङ देखी घोराहीसम्म निरन्तर आउन जानको लागी निशुल्क गाडीको ब्यबस्था गरेको छ ।
कहाँ,कसरी नामावली बनाउने ? के गर्ने ? भन्ने थाहा नभएको समयमा केसी सँगको सम्पर्क र गाडी ब्यबस्थापनले आफुहरुलाई धेरै सजिलो भएको हाल दाङ बसोबास गर्ने दार्माबासी कमल केसीले सल्यानन्युजलाई बताउनुभयो ।
नयाँ मतदातालाई निशुल्क गाडी व्यवस्था गर्ने दार्माका युवा दिवस केसीले आफु जहिले पनि समाज निर्माणको लागि सामाजिक कार्यमा कटिबद्ध हुने र सकेको साथ, सहयोग सधै गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँ माओवादी केन्द्रका दार्मा गाउँपालीका सदस्य समेत हुनुहुन्छ । दार्मा गाउँपालिकामा यही मंसिर १७ देखि २६ गतेसम्म मतदाता नामावली संकलनको शिविर संचालन भैरहेको छ ।
Error generating audio.