हामी परिक्षण प्रसारणमा छौ



दाङ । दाङ तुलसीपुरमा आइतबार अपरान्ह भएको जीप दुर्घटनामा परि थप एक जनाको मृत्यु भएको छ । यो संगै उक्त दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

दाङको तुलसीपुरबाट कपुरकोटतर्फ जाँदै गरेको जीप आईतबार अपरान्ह करिब ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सिरखोलामा दुर्घटना हुँदा गम्भीर घाईते भएका कपुरकोट गाउँपालिका वडा नं. ३ निवासी ५२ बर्षीय चन्द्र बहादुर खड्काको उपचारकोलागि कोहलपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रही नायब उपरीक्षक अर्यालका अनुसार त्यसअघि सोही जीप दुर्घटनामा परी कपुरकोट ४ निवासी ४६ बर्षीया साउनी घर्ती, सोही ठाउँका ३९ बर्षीय प्रेमप्रकाश शर्मा र २६ बर्षीया लालमती खड्काको मृत्यु भएको थियो ।

आज दिउँसो तुलसीपुरबाट कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको यात्रुबहाक जीप दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै मृत्यु भएको थियो, भने एक जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा र अर्का एक जनाको कोहलपुर उपचारकालागि लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तस्वीर : दोर्ण आचार्य

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार, ,  ९ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्