हामी परिक्षण प्रसारणमा छौ



बाँङ्गेलाखुरी,सल्यान । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सल्यानमा ‘चालक सँग एक मिनेट’ कार्यक्रम सल्यानको बाँङ्गेलाखुरीमा गरिएको छ । बढ्दो दुर्घटना लाई न्यूनीकरण गर्न यस्तो कार्यक्रम गरिएको बताईएको छ ।आज गरिएको उक्त कार्यक्रममा सीट क्षमता भन्दा बढी यात्रु नबोक्न,अस्वस्थ गति प्रतिस्पर्धा नगर्न तथा अन्य बिषयमा चालक लाई सुझाव दिईएको थियो ।

स्थानीयवासी ,ईप्रका सिमखोली तथा सञ्चारकर्मीका बिचमा टाईम कार्डको समेत आजै शुभारम्भ गरिएको छ । जिल्लाको नाका प्रहरी चौकिको रुपमा रहेको ईप्रका सिमखोली (बाँङ्गेलाखुरी) मा अब ट्राफिक प्रहरीको नियमित ’चेक पोष्ट’ रहने भएको छ ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक लक्ष्मण बि.क. ले चालकसँग कुरा गर्दै भन्नुभयो, ‘आज देखि टाईम कार्ड सुरु भएको छ, दुर्घटना गराउने कारण अत्यधिक गति पनि हुन सक्छ । तोकिएको समयमा गन्तव्यमा पुग्नुहोला ।’

टाईम कार्ड लागू भएपछि विभिन्न स्थानका लागि समय तोकिएको छ । जसमा बाङ्गेलाखुरी देखि थारमारे ४५ मिनेट,कपुरकोट सम्म ४ घण्टा तथा अन्य सबै स्थानका लागि फरक फरक समय तोकिएको छ । यसअघि टाईम कार्ड लागू भए पनि कार्यान्वयन फितलो भए पछि दोस्रो पटक टाईम कार्ड लागू गरिएको हो । अब कडाईका साथ टाईम कार्डमा ध्यान दिईने ईप्रका सिमखोलीका ट्राफिक प्र.ज. रमेश गिरीले जानकारी दिनुभयो । यस किसिमका कार्यक्रमले सवारी दुर्घटनामा कमि आउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार, ,  १ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्