हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति नभएको भन्दै बिहिबार अध्यक्ष प्रचण्डले एक प्रेस वक्तव्य जारी गर्नुभएको छ । प्रचण्डले जारी गरेको उक्त प्रेस वक्तव्यमा ओलीलाई उक्त आरोप पुष्टि गर्न चुनौति दिदै आफ्नो राजासँग पाँच बुँदे सहमति भएको भन्ने कुरा झुटो भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्डले केपी शर्मा ओलीलाई उक्त दाबी प्रमाणित गर्न आग्रह गर्दै प्रमानित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न समेत चुनौती दिनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक कार्यक्रममा बोल्दै २०६० साल मङ्सिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच ‘उपद्रो मच्चाउनका लागि पाँचबुँदे सहमति भएको’ दाबी गर्नुभएको थियो । ओलीले भने यो आरोपको ‘फ्याक्ट’ चेक गर्ने जिम्मा आफूले नलिई ज्ञानेन्द्र र प्रचण्डलाई नै छाड्नुभएको थियो । प्रचण्डले जारी गरेको प्रेस वक्तव्य –

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार, ,  १० : ३९ बजे

प्रतिक्रिया दिनुहोस्