हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्व प्रकाश शर्मा विजयी हुनुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा केहिबेर अघि सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार गगन थापाले कुल खसेको ४ हजार ६८२ मध्ये ३०२३ मत ल्याएर महामन्त्रीमा विजयी हुनुभएको निर्वाचन समितिले घोषणा गरेको छ ।

यसैगरी पार्टीको महामन्त्रीमा विश्वप्रकाश शर्माले खसेको कुल मत मध्ये १९८४ मत ल्याएर विजयी हुनुभएको छ । निर्वाचन समितिका अनुसार महामन्त्रीका अन्य उम्मेदवारहरु प्रकाश शरण महतले १५५६, प्रदिप पौडेलले १३९३, मीनेन्द्र रिजालले ८०९ र डा.राजाराम कार्कीले १०६ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार, ,  ३ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्