हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको आठौं महाधिवेशन अघि पदाधिकारीको संख्या टुङ्गो लगाएको छ ।आज आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले १५सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न बैठकले केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने प्रस्तावलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

पार्टी प्रवक्ता महराका अनुसार अब आठौं महाधिवेशनबाट १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने भएको हो । केन्द्रीय समितिको बैठकले पारित गरेको विधानअनुसार अब पार्टीमा एक जना अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने छन् ।

यसअघि प्रथम राष्ट्रिय सम्मेलनको नाम दिएको माओवादीले शनिबार मात्रै त्यसलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।महाधिवेशनका लागि सबै जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन् । मनोनीतसहित प्रतिनिधि संख्या एक हजार ६३१ जना रहने छन् ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार, ,  ४ : १४ बजे

प्रतिक्रिया दिनुहोस्