हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी महाधिवेशनको बन्दसत्रमा शोमबार स्थायी समिति सदस्य देव गुरुङले अन्तरिम विधान प्रस्तुत गर्नुभएको छ ।
आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अपरान्हबाट गुरुङले विधान मस्यौदा (अन्तरिम विधान) प्रस्तुत गर्नुभएको हो ।

यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रचण्डले झण्डै २ घण्टा लगाएर राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

शोमबार प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि नेता गुरुङले केन्द्रीय समितिले तयार पारेको अन्तरिम विधान मस्यौदा प्रस्तुत गर्नुभएको हो ।

यसअघि नै प्रतिनिधिलाई सो सम्बन्धी मस्यौदा बाँडिएको थियो । दुवै प्रतिवेदनलाई समूहमा छलफल गरेर संशोधन गर्दै पारित गर्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार, ,  ४ : १० बजे

प्रतिक्रिया दिनुहोस्