हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनकालागि ९ दलिय गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि माओवादी केन्द्र तुलसीपुर ५ कमिटिले प्रचार अभियानलाई तिब्रता दिने निर्णय गरेको छ ।

सोही अनुसार बिहिबार (आज) भएको वडा पार्टीको बैठकले सबै टोल–टोलमा अभियान चलाइ गठबन्धनका सबै उम्मेदवारलाई जिताउने निर्णय गरेको पार्टीका वडा अध्यक्ष बेदप्रसाद वलीले सल्यानन्यूजलाई जानकारी दिनुभयो ।

वडा कमिटि अध्यक्ष वलीले सामाजिक संघसंस्थामा राजनीतिक सहमति हुनु राम्रो कुरा भएको भन्दै यसलाई सबैले साथ दिन समेत अनुरोध गर्नुभएको छ । पार्टीका नगर सचिब भिम चौधरी को प्रमुख आतिथ्यतामा बसेको बैठकमा नेता पूर्ण रावललगायतको सहभागिता रहेको थियो ।

साझा उम्मेदवारमा को को ?

९ दलिय सहमती अनुसार अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी,उपाध्यक्ष पदका उम्मेदवार सिताराम शर्मा आचार्य,सचिव पदका उम्मेदवार सेवकराम भण्डारी,कोषाध्यक्ष पदका उम्मेदवार भद्र बहादुर वली र खुल्ला सदस्य पदका उम्मेदवारद्वय पदमबहादुर खड्का र लक्ष्मण केसी रहनुभएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार, ,  ६ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्