हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आज साँझ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा घोषणा गरिएका २३६ केन्द्रीय सदस्यहरुको नाम हलले सर्बसम्मत पारित गरेको छ ।

अध्यक्ष प्रचण्डले समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ जनाको नामलाई प्यानल प्रस्तावका रुपमा पेश गर्नुभएको थियो । प्रचण्डले बन्दसत्रमा पेश गरेका २३६ जना केन्द्रीय सदस्यको नामलाई बन्दसत्र हलले अनुमोदन गरेको हो । जसअनुसार सल्यान जिल्लाबाट खुला केन्द्रीय सदस्यमा टेकबहादुर बस्नेत र खस आर्य महिला सदस्यमा टिका बुढाथोकी सर्बसम्मत चयन हुनुभएको छ ।

माओवादी केन्द्रमा जम्मा २९९ केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ । अब ६३ जना सदस्य केन्द्रीय समितिको बैठकले मनोनित गर्न बाँकी रहेको माओवादीका केन्द्रीय सदस्य कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

दाङबाट केन्द्रीय सदस्यमा को को ?

यसैगरी माओवादी केन्द्रको केन्द्रीय सदस्यमा दाङबाट ९ जना चयन हुनुभएको छ । आज केन्द्रीय सदस्यमा चयन हुनेमा कृष्णबहादुर महरा,रेखा शर्मा,जीवन गौतम,निर्मल आचार्य,हेमराज शर्मा, नारायणी शर्मा,जगप्रसाद शर्मा,दामा शर्मा र इन्द्रजित चौधरी रहनुभएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार, ,  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्