हामी परिक्षण प्रसारणमा छौ



२९ पुस,काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोना संक्रमित एक जनाको आज मृत्यु भएको जनाएको छ । यससँगै मृतकको संख्या नेपालमा ११ हजार ६१० पुगेको छ ।

आज देशभर २७१ जनाले कोरोना जितेका छन् भने १४ हजार २४० सकृय संक्रमति रहेका छन् । मन्त्रालयले बिहिबार जनाए अनुसार आजसम्म ८ लाख ४१ हजार २९७ जना व्यक्ती कोरोना संक्रमित भएका छन् ।

 

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार, ,  ९ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्