हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । देशभर थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरमा पछिल्लो २४ घण्टामा कूल १४ हजार १४ को पीसीआर माध्यमबाट कोरोना परीक्षण गर्दा ५७४७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको डाटा अनुसार हाल ३० हजार ८७७ जना संक्रमित भई विभिन्न अस्पताल तथा होम आइसुलेसनमा उपचाररत छन् भने शोमबार मात्रै ५४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार, ,  ५ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्