हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११ हजार ३५२ मा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जनाए अनुसार देशभर पछिल्लो २४ घण्टामा कूल २३ हजार ४०९ को नमूना परीक्षण गरिएको थियो । जसमध्ये १८ हजार ७८ जनालाई पीसीआर र पाँच हजार ३३१ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार हाल कोरोनाबाट संक्रमित मध्ये भेन्टिलेटरमा रहनेको संख्या जम्मा २८ र आइसियुमा १६९ जना रहेका छन् भने होम आइसोलेशनमा ४६ हजार ५१५जना रहेका छन् । यसैगरी संस्थागत आइसोलेशनमा एक हजार ४१४ गरी देशभर आइसोलेशनमा रहनेको संख्या ४७ हजार ९२९ पुगेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार, ,  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्