हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यसैगरी १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २० हजार १८७ नमुना परीक्षण गरिएकोमा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रायले जनाए अनुसार देशभरका स्वास्थ्य संस्थामा १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर पछिल्लो २४ घण्टामा ७०८ जनाले कोरोना जित्दै डिस्चार्ज भएको र हाल ७२ हजार ८६२ संक्रिय संक्रमित रहेको अबस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार, ,  ५ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्