हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४३७ जनामा कोरोना परीक्षण गरिएको मध्ये १३ हजार ३ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४३७ जनामा कोरोना परीक्षण गरिएको थियो । जसमध्ये पिसिआर परीक्षणबाट ५ हजार ५९८ र एन्टिजेन परीक्षणबाट ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस्तै देशभर हाल ७७ हजार ४० जना कोरोनाका सक्रिय संक्रमित रहेको अबस्था छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार, ,  ९ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्