हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम निर्वाचन आयोगले केहीबेर अघि सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा ४३ उम्मेदवार सहभागी भएको आजको निर्वाचनमा १९ उम्मेदवार विजयी भएका छन् ।

नतिजा अनुसार प्रदेश १ मा
गठबन्धन सम्बद्ध गोपाल कुमार बस्नेत र जयन्ती देवी राई विजयी हुनुभएको छ । यस्तै यस प्रदेशमा नेकपा एमालेका सोनाम गेल्जेन शेर्पा विजयी बन्न सफल हुनुभएको छ ।

मधेस प्रदेशमा
गठबन्धन सम्बद्ध उर्मिला अर्याल र मोहम्मद खालिद विजयी हुनुभएको छ ।

बागमती प्रदेशमा
गठबन्धन सम्बद्ध गोमादेवी तिमिल्सना र कृष्ण प्रसाद पौडेल विजयी हुनुभएको छ ।

गण्डकी प्रदेशमा
गठबन्धन सम्बद्ध कमला पन्त, भुवन बहादुर सुनार र सुरेश आले मगर विजयी हुनुभएको छ ।

लुम्बिनी प्रदेशमा
गठबन्धन सम्बद्ध राजेन्द्र लक्ष्मी गैरे, तुल प्रसाद विश्वकर्मा र युवराज शर्मा विजयी हुनुभएको छ ।

कर्णाली प्रदेशमा
गठबन्धन सम्बद्ध दुर्गा गुरुङ, नरबहादुर विष्ट र उदयबहादुर बोहरा विजयी हुनुभएको छ ।

सुदूरपश्चिम प्रदेशमा
गठबन्धन सम्बद्ध मदन कुमारी शाह,जगद बहादुर पार्की र नारायणदत्त मिश्र विजयी हुनुभएको ।

निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार, ,  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्