हामी परिक्षण प्रसारणमा छौ



सल्यान । पछिल्लो २४ घण्टामा देशभर थप ५५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाए अनुसार गत २४ घण्टामा कुल १७ हजार ६७४ जनाको नमुना परीक्षण भएकोमा ५५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी गएको २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यस्तै,देशभर हाल सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ पुगेको छ ।

सल्यानमा थपिए एकैदिन २८ जना कोरोना संक्रमित

सल्यानमा गत २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा शोमबार १०८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार शारदा नगरपालिकामा ६२ जनाको परीक्षण गर्दा १४, छत्रेश्वरी गाउँपालिकामा ५ जनाको परीक्षण गर्दा ३, त्रिवेणी गाउँपालिकामा ७ जनाको परीक्षण गर्दा २, , बागचौर नगरपालिकामा १२ जनाको परीक्षण गर्दा ६ र सिद्ध कुमाख गाउँपालिकामा २० जनाको परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएको र संक्रमित सबै हाल होम आइसोलेसनमा रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्लाभर हालसम्म २ सय ४३ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार, ,  ९ : २८ बजे

प्रतिक्रिया दिनुहोस्