हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेपाल आयल निगमले शोमबार राती १२ बजेबाट लागुहुने गरी फेरी इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको जनाएको छ ।

निगमको नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ हुनेछ । एलपी ग्यासको मूल्य बढेको छैन । तर,निगमले आन्तरिक हवाई ईन्धनको प्रतिलिटर १० रुपैयाँले बढाएर नयाँ मूल्य ११६ प्रतिलिटर तोकेको छ ।

निगमका अनुसार प्रत्येक महिनाको १ र १५ तारिखमा भारतीय आयल कर्पोरेशनले निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गर्छ । त्यसै नयाँ मूल्य अनुसार निगमलाई प्राप्त मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.९२ रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ७.२४ रुपैयाँ तथा मट्टितेलमा ८.८० रुपैयाँ बढेर आएको निगमले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार, ,  ९ : ४० बजे

प्रतिक्रिया दिनुहोस्