हामी परिक्षण प्रसारणमा छौ



२३ माघ,सल्यान । गएको २४ घण्टामा सल्यानमा कोरोना संक्रमित १२ जना थपिएका छन् भने १६ जना निको भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालयले जनाए अनुसार गत २४ घण्टामा १२ जना नयाँ संक्रमित थपिदा सल्यानमा १६ जना कोरोनाबाट निको भएका छन् । ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा मात्र कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।

सूचना अधिकारी डिसीका अनुसार जिल्लामा हाल सक्रिय संक्रमितको सख्या १ सय ९२ रहेको छ । संक्रमित सबै होम आइसोलेसनमा रहनुभएको छ । डिसीका अनुसार २०७८ वैशाखदेखि हालसम्म २ हजार ६ सय ३४ जना कोरोनाबाट निको भएको र यसविचमा कोरोनाबाट हालसम्म सल्यानमा ५४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार, ,  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्