हामी परिक्षण प्रसारणमा छौ



२३ माघ, सुर्खेत । मूख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्रीकारुपमा सपथ लिएको तिन महिना पछि कर्णाली प्रदेश सरकारले आइतबार पूर्णता पाएको छ ।

नवनियुक्त पाँच मन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनियताको सपथ लिनुभएको छ । आज पद तथा गोपनियताको सपथ लिने मन्त्रीमा कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र एकीकृत समाजवादीबाट एकजना जना रहनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नवनियुक्त मन्त्रीहरूले आइतबार साँझ प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रदेश प्रमुख तिलक परियारबाट आज तीन दलीय गठबन्धन रहेको कर्णालीमा आज काँग्रेसबाट सुर्खेतका सांसद यज्ञबहादुर बिसी सामाजिक विकास र दैलेखका सांसद हिम बहादुर शाहीले आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पद तथा गोपनियताको सपथ लिनुभएको हो ।

त्यस्तै, नेकपा माओवादी केन्द्रबाट जाजरकोटका सांसद गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जामन्त्री र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको रुपमा सपथ लिनुभएको छ ।

त्यस्तै, एकीकृत समाजवादीबाट जुम्लाका सांसद पदमबहादुर रोकाया भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीको रुपमा प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ । यसअघि माओवादी केन्द्रबाट विन्दमान विष्ट आर्थिक मामिला तथा योजनामन्त्री बनिसक्नुभएको छ भने एकीकृत समाजवादीबाट दलका नेता चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहीसक्नुभएको छ ।

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार, ,  ९ : २८ बजे

प्रतिक्रिया दिनुहोस्