हामी परिक्षण प्रसारणमा छौ



२६ माघ,काठमाडौं । गएको २४ घण्टामा नेपालमा थप २ हजार ४०१ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा कूल ११ हजार ६०३ नमूना परीक्षण गरिएकामध्ये एक हजार ८५१ पिसिआर र ५५० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । यस्तै सोही अबधिमा नेपालमा ७ हजार ७७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर कम हुँदै गएपनि जोखिम उत्तिकै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार, ,  ६ : १७ बजे

प्रतिक्रिया दिनुहोस्