हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्थानीय तहको चुनावलाई मध्येनजर गरेर वैशाख ९ गतेदेखि परीक्षा सञ्चालन गर्न लागेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । शर्मा भन्नुभयो,‘कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने अवस्था आउन सक्छ,त्यसैले यस वर्षको (एसइई) परीक्षा वैशाख ९ देखि सञ्चालन हुन लागेको हो ।’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख ९ देखि २० गतेसम्म हुने परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

शर्माका अनुसार कोरोना भाइरस महामारीका कारणले पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो गरेर परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार, ,  २ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्