हामी परिक्षण प्रसारणमा छौ

प्रचण्ड भन्नुहुन्छ : प्रतिगमनकारी शक्तिहरू पराजित भइसके,अहिले जनताको जित भएको छ

गाउँपालिका अध्यक्ष सुक्ला र वडाध्यक्ष यादव माओवादी केन्द्र प्रवेश



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नम्बर प्रदेश, लुम्बिनीलगायत तराईमा फेरि माओवादीमय हुने बताउनुभएको छ ।

बिहिबार मधेश प्रदेशका जनप्रतिनिधिहरूलाई काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्रप्रति फेरी माहोल तातिएको बताउनुभयो ।

सर्लाही र रौतहटलगायत जिल्लामा पनि माओवादीप्रति आकर्षक देखिएको दाबी गर्दै प्रचण्ले मधेसमा माओवादी स्थापित हुन लागेको उनले दाबी गर्नुभयो ।

उहाँले मधेश र लुम्बिनी लगायतका प्रदेशमा माओवादीमा प्रवेश गर्नेको लहर चलेको दाबी गर्नुभयो । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने वेलामा नै मधेशी जनता माओवादीमय भइसकेको दाबी गर्दै त्यो वेला भ्रम छरेको उनले आरोप लगाए ।

अध्यक्ष प्रचण्डले मधेशी जनताप्रति माओवादीमा पछिल्लो पटक बढेको मोहले विदेशी शक्तिले माओवादीविरुद्ध जनतामा छरेको भ्रम सकिएको उहाँको भनाई छ ।

अध्यक्ष प्रचण्डले माओवादीलाई सखाप पार्न लाग्ने प्रतिगमनकारी शक्तिहरू पराजित भएको बताउदै उहाँले भन्नुभयो,‘माओवादीलाई सखाप पार्न खोज्ने प्रतिगमनकारी शक्तिहरू अहिले पराजित भइसके,अहिले जनता विजयी भएको अबस्था छ ।’

गाउँपालिका अध्यक्ष सुक्ला र वडाध्यक्ष यादव माओवादी केन्द्र प्रवेश

रुपन्देही सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्र सुक्ला (बब्लु) र वडाध्यक्ष श्रवनकुमार यादव नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

स्थानीय तह निर्वाचनमा तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित शुक्ला प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अघि तत्कालीन नेकपा (एमाले)मा प्रवेश गर्नुभएको थियो ।

आज प्रचण्ड निवास खुमलटारमा एक कार्यक्रमका बीच सुक्ला र नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष यादव माओवादी केन्द्र प्रवेरश गरेका गर्नुभएको हो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार, ,  ५ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्