हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सांग्रीला डेभलपमेन्ट विकास बैंकले आफ्नो १०७ औं शाखा सल्यानको सल्लीबजारमा सञ्चालनमा ल्याएको छ ।

ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले सल्लीबजारमा बैंकिङ सेवा सुरु गरेको शाखा प्रमुख ओम प्रकाश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बैकले सबै क्षेत्रसम्म बैकिङ सेवा विस्तार गर्ने उद्देश्यले यसअघि विभिन्न स्थानमा शाखा, शाखा रहित बैकिङ सेवा सञ्चालनमा ल्याई सेवा प्रदान गर्दै आइरहेको छ । सल्लीबजार शाखाले आफ्नो सेवा अझ सुदृढ र व्यापक बनाउने विश्वास बैकले राखेको छ ।

बैंकले धितो र बिना धितो कर्जा, ग्राहकको सेवालाई मध्यनजर गरी ग्राहकको कर्जा सुरक्षित गरिने बैकका शाखा प्रमुख ओम प्रकाश अधिकारीले सल्यानन्युजलाई जानकारी दिनुभयो । शाखा विस्तारसँगै बैंकले ग्राहकहरुलाई इन्टरनेट बैंकिङ्ग र मोवाईल फोनमार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्डलाई अझ परिचित पार्ने नीति लिएको छ ।

बैंकको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुन र सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले एक कार्यक्रमका विच संयुक्त रुपमा रिवन काटेर शाखाको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार, ,  १० : १० बजे

प्रतिक्रिया दिनुहोस्