हामी परिक्षण प्रसारणमा छौ



२८माघ,तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको शुक्रबार बिहान बसेको आकस्मिक बैठकले तुलसीपुरमा रहेको इरम फुट वयर पसलको गोदाममा आगो लाग्दा भएको दुःखद घटनामा परेका पिडित परिवारलाई संघको तर्फबाट राहत प्रदान गर्ने निर्णय गरेको छ ।

कार्यबाहक अध्यक्ष मिनराज भण्डारीको अध्यक्षतामा बसेको वाणिज्य संघको बैठकले शोकमा डुबेको परिवारलाई सहयोग र व्यवस्थापन गर्न महासचिव बिनिल केसीलाई सबै निकाय सँग समन्वय गर्न अक्तियारी दिने निर्णय गरेको छ । बाणिज्य संघले स्थापना गरेको राष्ट्रिय बाणिज्य बैंक तुलसीपुरको खाता नम्बर ४१६०१००००२५७८००१ मा रकम जम्मा गरिदिनुहुन र सचिवालयलाई जानकारी गराउन समेत सबैसमक्ष अपिल गरेको छ ।


यसैबिच तुलसीपुर उद्योग बाणिज्य संघले एक बिज्ञप्ति जारी गरी स्थानिय सरकार, स्थानिय प्रशासन, सहयोगी हात र सामाजिक संघ संस्थाहरुलाई विपदमा परेर बेघर हुन पुगेका पिडित परिवारलाई आर्थिक सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।

‘शुक्रबार बिहान पौने २ बजेदेखि तुलसीपुरको जुत्ता चप्पल पसलमा भएको आगलागीबाट मृत्यु भएका १३ वर्षिया सुजिता खातुन, १४ वर्षिय हसन बकस, १६ वर्षिय मसिन बकस, ४० वर्षिय नजरदिन अलि र ५ वर्षिय आबिददिन अलि प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछौ ।’ शोक बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार, ,  ५ : २५ बजे

प्रतिक्रिया दिनुहोस्