हामी परिक्षण प्रसारणमा छौ



सल्यान । २७ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल जिल्ला शाखा सल्यानले एक कार्यक्रम गरी मनाएको छ ।

जनयुद्धमा प्रेस सेन्टर नेपालको भूमिका बारे एक चर्चा गर्दै प्रेस सेन्टर नेपाल सल्यानले आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य रत्नबहादुर वलीले पहिले माओवादी केन्द्रको नेतृत्वमा भएको १० वर्षे जनयुद्धमा जस्तै अबको समाजवादी आन्दोलको यात्रामा पनि पार्टी र त्यसले ल्याउने कार्यक्रम स्पष्ट रुपमा जनता सम्म पुग्ने गरी समाचार सम्प्रेषण गर्न प्रेस सेन्टरमा आबद्ध पत्रकारले अहम भूमिका खेल्ने समय आएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वलीले स्थानिय तहको चुनावमा देश होमिएको भन्दै आफ्नो पार्टीका आगामी एजेण्डाहरु जनता समक्ष लान पुलको भूमिका खेल्न आग्रह गर्दै प्रेस सन्टर नेपालका गतिविधि जिल्ला,पालिका र प्रत्येक वडासम्म तत्काल लिन निर्देशन दिनुभएको थियो ।
यस्तै कार्यक्रममा माओवादी केन्द्र शारदा नगर कमिटी सदस्य तथा कार्यक्रमका विशिष्ट अथिति सन्तोष राईले प्रेस सेन्टर नेपाल मातृ पार्टीका गतिविधि जनताकोमा लाने मात्र नभै प्रेस सेन्टरले समग्र पत्रकारको हकहितको लागि लड्न समेत अब्बल बन्नुपर्नेमा जोड दिनुभएको थियो । यस्तै कार्यक्रममा अन्य अतिथिहरूमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य दीपक शर्मा र संगठनका कर्णाली प्रदेश सचिव तिलकराज वलीले प्रेस सेन्टर नेपालका पछिल्ला गतिविधि र अबको बाटोबारे मन्तव्य राख्नुभएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रमको सञ्चालन कर्णाली प्रदेश सदस्य हिमाल शर्माले गर्नुभएको थियो भने सभापतित्व जिल्ला अध्यक्ष प्रकाश शर्माले गर्नुभएको थियो ।

२०५२ साल फागुन १ आजकै दिन तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध शुरु गरेको दिनको सम्झनामा आज माओवादी केन्द्र र त्यसका भातृसंघसगठनले आज सल्यानमा शुभकामना आदानप्रदान तथा विभिन्न कार्यक्रम गरी भव्य रुपमा जनयुद्ध दिवस मनाएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार, ,  १० : ३१ बजे

प्रतिक्रिया दिनुहोस्