सल्यान । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती सल्यानको जिल्ला सम्मेलन आयोजक समितिको बैठककले जित बहादुर खड्काको संयोजकत्वमा ४ सदस्य पछि थप्ने गरी १५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ ।

नेराकसं,निजामति जिल्ला आयोजक समितिको अन्य सदस्यहरुमा केशव साउद, कुमार वली, ठकेन्द्र केसी, खुमराज शर्मा, सरिता सुनार, मदन भण्डारी, टेक बहादुर बस्नेत, राजेश बोहरा, टेक बहादुर खड्का र टेक बहादुर वि.क रहनुभएको छ ।

बुधवार सल्यान खलंगामा भएको बैठक यथाशिघ्र जिल्ला सम्मेलन गर्ने निर्णय गर्दै जिल्लाका दशवटै पालिकाहरुको भेला सम्मेलन गरी जिल्ला सम्मेलनको तयारी गरिने नेराकसंले जनाएको छ । दश ओटा पालिकाहरुको भेला सम्मेलन पछि भव्य रुपमा जिल्ला सम्मेलन गर्ने बैठकले निर्णय गरेको संगठनको जिल्ला आयोजक समितिका संयोजक जित बहादुर खड्काले जानकारी दिनुभयो ।

नेराकसं को बैठकलाई नेकपा (माओवादी केन्द्र) का नेता भीम प्रकाश शर्मा, हरि प्रकाश बुढाथोकी, सुकदेव विक. नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय सदस्य रमेश कुमार गिरी, विनोद पुन, प्रदेश सदस्य मुकुन्द शर्मा लगायतले जिल्ला भेलाको तयारी तिब्र पार्न आग्रह गर्दै पेशागत हकहितका लागि समेत नेराकसंले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

Error generating audio.

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार, ,  ९ : ४० बजे

प्रतिक्रिया दिनुहोस्