हामी परिक्षण प्रसारणमा छौ


 

९ फाल्गुन २०७८, सोमबार, ,  

16
Shares

दार्मा,सल्यान । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य तथा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी (अरुण)ले गएको पाँच वर्षमा दार्मा गाउँपालिकामा नसोचेको विकास भएको बताउनुभयो ।

अरुणले परिवर्तन भएको हेर्न नचाहने अन्य पार्टीको भ्रममा नपर्न आग्रह गर्नुभएको छ । उहाँले धेरै लामो संघर्ष, त्याग तपस्या र बलिदानबाट एकात्मक व्यवस्थाको अन्त्य भई संघीय गणतन्त्र आएको बताउँदै संघीयता र गणतन्त्र स्वीकार गर्न नसक्नेहरूको भ्रममा नपर्न आम समुदायलाई आग्रह गर्नुभएको छ ।

आइतबार नेकपा (माओवादी केन्द्र) गाउँपालिका वडा नम्बर २ ले मौलेखालीमा आयोजना गरेको वडा सभामा बोल्दै अरुणले जनताको रगत र बलिदानबाट संघीयता आएको र फेरी केही शक्ति संघीयतालाई ध्वस्त पारी एकात्मक व्यवस्था उल्ट्याउन लागि परेकोले आफुहरुले जसरी पनि गाउँबाट त्यस्ता तत्वलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य अनन्त प्रसाद शर्माले दर्माली जनता जनयुद्धको पात्र को भूमिका रहेर काम गरेको भन्दै जसले बच्चा जन्माउँछ उसलाई नै बच्चा को माया हुने भन्दै जनताको त्याग तपस्याबाट प्राप्त संघीयता र गणतन्त्रको रक्षा गर्न दर्माली जनतासमक्ष आउँदै गरेको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीलाई विजय गराउन अपिल गर्नुभयो ।

यस्तै कर्णाली प्रदेश समिति सदस्य जुना मल्लले समावेशी समानुपातिक प्रतिनिधित्व तथा गणतन्त्र धर्म निरपेक्षता नेकपा माओवादीको एजेन्डा भएकोले महिला मुक्तिको निम्ति लडिरहेको पार्टी माओवादी केन्द्र नै भएको बताउनुभयो । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर ३ दर्जन भन्दा बढी कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार, ,  १० : ३१ बजे

प्रतिक्रिया दिनुहोस्