हामी परिक्षण प्रसारणमा छौ



१५ फागुन,तुलसीपुर । आइतबार राती दाङको तुलसीपुरको दुधरासमा मोटरसाईकल र हाइस एक आपसमा ठोक्किदा एक्कासी आगलागी भएको छ ।
तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको मोटरसाईकल र घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको हाइस सोनापुर सिमेन्ट उद्योगको गेट दुधरासमा ठोक्किदा हाइस जलेर नष्ट भएको छ ।

उक्त घटनामा आगलागी हुँदा पाँच जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अबस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागी आईतबार राति करिब ९ बजेतिर भएको हो । घटनाका विषयमा अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार, ,  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्