हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयसम्म अल्झनमा रहेको एमसीसीको विवाद साम्य भएको बताउनु भएको छ । सोमबार दिउँसो आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरेर प्रचण्डले एमसीसी संसदबाट पारित भएसँगै लामो समयदेखिको बिबाद साम्य भएकोले अब देश निर्वाचनमा होमिएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो,‘एमसीसी परियोजनाको विषयलाई लिएर निकै ठूलो विवाद, अन्योल, बहस भए,सबैभन्दा नेकपा माओवादी केन्द्र र नेतृत्वको हैसियतले म माथि नै थुप्रै टिप्पणी पनि भए,अन्ततः हिजो हामीले एउटा निकास दिएका छौं। ’

प्रचण्डले एमसीसी विवाद टुंगिएसँगै अब देश निर्वाचनमा होमिएको बताउदै प्रचण्डले दुई दुई पटक प्रतिनिधिसभा विघटन गरिएकाले बाध्यतावश लोकतन्त्र रक्षाका लागि भएपनि गठबन्धन जोगाउनु परेको बताउनुभयो । उहाँले आफुमाथि लगाइएका गलत आरोप भन्दा पनि लोकतन्त्रको रक्षाको लागि सहि कुरा समाचार मार्फत सम्प्रेशन गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार, ,  ४ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्