हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा सोमबार भएको नेपाल बन्दको क्रममा सुर्खेतमा बन्दकर्ताले नेकपा एमाले सुर्खेत स्थित जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

सुर्खेतको विरेन्द्रनगरमा बन्दकर्ताले एमाले, काँग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गर्दै प्रदर्शन चर्कायपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा सोमबार राति ८ बजेदेखि भोली साँझ ७ बजे सम्मका लागी कर्फ्यू आदेश जारी गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दल र दुई मोर्चाले गरेको नेपाल बन्दका क्रममा सोमबार साँझ सुर्खेतमा एमसीसी विरोधी प्रदर्शन चर्किएको थियो । प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको जनाएको छ ।

प्रदर्शन नरोकिएको र तोडफोड हुन थालेपछि जिल्ला सुरक्षा समितिको आकस्मीक बैठकले कर्फ्यू लगाउने निर्णय गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार, ,  ९ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्