हामी परिक्षण प्रसारणमा छौ



सल्यान । जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल सल्यानको संयोजकमा बुद्धि पुन चयन हुनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा सोमबार खलंगामा सम्पन्न अधिकारकर्मीहरुको भेलाले बुद्धि पुनको संयोजकत्वमा १५ सदस्यीय नयाँ जिल्ला कार्य समिती चयन गरेको हो ।

सोमबार सम्पन्न भेलाले सहसंयोजकमा प्रकाश नेपाली र सिता गिरी चयन गरेको छ । यस्तै सदस्यहरुमा गुमान सिंह नेपाली, तोरण बुढाथोकी, सुकदेव कसेरा, सोविता बस्नेत, मुना हमाल, सरिता चलाउने, विष्णु शर्मा, रामचन्द्र रेग्मी, यज्ञ विक, शान्तीप्रभा पुरी, करेश्मा गिरी चयन गरेको छ । यस्तै भेलाले सञ्जालको सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीलाई चयन गरेको छ ।

आर्थिक, सामाजिक र जातीय तथा लैंगिक रुपले पछाडी पारिएका समुदायको अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाई पिडकलाई कार्वाहीको दायरा सम्म पु¥याउने उद्धेश्यका साथ गठित सञ्जालको जिल्ला समिति सल्यानलाई एक वर्षपछि पुर्नगठन गरिएको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार, ,  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्