हामी परिक्षण प्रसारणमा छौ



दमाचौर,सल्यान । चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छत्रेश्वरी गाउँपालिकामा सुरु भएको छ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर–१,को दमाचौरमा शुक्रबार (आज) देखि उक्त प्रतियोगिता सुरु भएको हो । तिन दिनसम्म संचालन हुने उक्त कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सल्यान –क) का प्रदेश सांसद तथा एमाले कर्णाली प्रदेशका सचेतक गुलावजंग शाहले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सांसद शाहले शिक्षा र खेलकुद क्षेत्र मजबुत बनाउनुपर्ने बताउनुभयो । उहाँले शिक्षा र खेलकुदलाई अगाडी बढाउन शिक्षक, अभिभावक, विद्यार्थी र सम्पूर्ण राजनीतिक दलहरु एकताबद्ध भई विना हस्तक्षेप यि क्षेत्रहरु निर्वाध चल्न दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

त्यस्तै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले आम नागरिकहरुलाई पछिल्लो समय पुरानै पाराको राजनीतिबाट वितृष्णा पैदा भएको भन्दै अब राजनिति सही दिशामा अघि बढाउन लाग्नुपर्नेमा जोडदिनुभयो । उहाँले भन्नुभयो ,‘अहिका विद्यार्थीहरु पढेलेखेपछि डाक्टर बन्छु, पाइलट बन्छु भन्छन् । तर पढेलेखेर राजनीति गर्छु भन्ने कोहि भेटिदैनन् ।’

अब राजनितिलाई सफा बनाउन सबै कस्सिनुपर्ने समय आएको बताउदै उहाँले भन्नुभयो, ‘हामी बिहे गर्दा हजार पटक सोच्छौं तर भोट हाल्दा दाँयाबाया नसोचि प्रलोभनमा परेर हाल्छौं ।’

गाउँपालिका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी,छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष सीता केसी, प्रमुख प्रशासकीय अधिकृत प्रदिप खनाल लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो भने उद्घाटन कार्यक्रमको संचालन बुद्धि हमालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार, ,  ९ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्