हामी परिक्षण प्रसारणमा छौ



फागुन ३० । दङ्गिशरण गाउँपालिका स्तरिय चौथो तथा १४औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ भोलि मंगलवार देखि सुरु हुदैछ । दङ्गिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र मा.बि. हेकुलीको संयोजनमा संचालन हुने प्रतियोगिताको उद्घाटन बिहान १० बजे गर्ने कार्यक्रम रहेको छ ।

तीन दिन सम्म संचालन हुने प्रतियोगितामा फिल्ड तर्फ भलिबल,कबडी, छात्र/ छात्रा त्यस्तै ऐथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र / छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र/छात्रा बिच कडा प्रतिस्पर्धा हुने दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख बिनोद अधिकारीले जानकारी दिनुभएकोछ ।

प्रतियोगितामा दङ्गिशरण गाउँपालिका क्षेत्रका सामुदायिक तथा निजि गरि ८ बिधालयको सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र/छात्रा ले मात्र भाग लिन पाउनेछ्न् । गाउँपालिका अध्यक्ष भागी राम चौधरीको अध्यक्षतामा फागुन २३ गते बसेको बैठकले चैत १ देखि ३ गते सम्म रनिङ शिल्ड प्रतियोगिता संचालन गर्ने निर्णय गरेको दङ्गीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्राबिधिक सहायक उमा केसिले जानकारी दिनुभएको छ । बैठकले प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिधालय लाई क्रमशः २० हजार १५ हजार, र १० हजार पुरस्कार राशी प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रथम, दोस्रो र तेस्रो गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता पुर्ण रुपमा सार्थक र परिणाममुखी बनाउन सफल भएको निष्कर्श निकाल्दै यतिबेला चौथो रनिङ शिल्ड प्रतियोगिता लाई अझ मर्यादित र भब्य बनाउन गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष भागी राम चौधरीले बताउनु भयो ।

हामीले रनिङ शिल्ड प्रतियोगितालाई खेलकुद महोत्सवका रुपमा लिएका छौ यो बालबालिकाको सर्वाङ्गिन बिकास संग जोडिएको विषय हो त्यसैले गाउँपालिकामा रहेका ५ वटा सामुदायिक बिधालय लाई आन्तरिक तयारीका लागि सहयोग स्वरुप गाउँपालिकाले छुट्याएको ६० हजार रुपैयाँ १२ हजारका दरले प्रदान गरेको समेत अध्यक्ष चौधरीले बताउनु भयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार, ,  ६ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्