हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नेकपा मसालनिकट प्रगतिशील पत्रकार संघका निवर्तमान अध्यक्ष उदय जीएम प्रेस सेन्टर नेपालमा आबद्ध हुनुभएको छ। नेपाल पत्रकार महासंघका उपाध्यक्षसमेत रहनुभएका पत्रकार जीएम मंगलबार औपचारिक रुपमा प्रेस सेन्टरमा समाहित हुनुभएको हो।

पत्रकार जीएमलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेता कृष्णबहादुर महरा र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले स्वागत गर्नुभएको छ।

तीन दशक अघिदेखि पत्रकारितामा क्रियाशील जीएमले मूलधारका सञ्चारमाध्यमहरु अन्नपूर्ण पोष्ट, सगरमाथा टीभी, दैनिक अनलाइन, पहिलोपेज डटकम लगायतमा काम गरिसक्नुभएको छ। हाल द हिमालयन टाइम्समा आबद्ध जीएम साहित्य लेखनमा पनि उत्तिकै कलम चलाउनुहुन्छ। पत्रकार महासंघको केन्द्रीय सचिवका रुपमा एक कार्यकाल काम गरिसक्नुभएका उहाँ हाल महासंघको उपाध्यक्ष रहनुभएको छ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार, ,  ५ : १४ बजे

प्रतिक्रिया दिनुहोस्