हामी परिक्षण प्रसारणमा छौ



दाङ । माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग(वाइसिएल) तुलसीपुर नगर अध्यक्षमा विप्लव वली चयन हुनुभएको छ ।

मंगलबार सम्पन्न नगर सम्मेलनले विप्लव वलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा खुमबहादुर डीसी, रवी बस्नेत,गणेश डीसी, सचिबमा देवराज वली,सहसचिबमा नबराज महर,राजु सुनार, दिवस परियार र कोषाध्यक्षमा सोनु थापा सर्बसम्मत चयन हुनुभएको छ ।

सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, लुम्बिनी प्रदेश सदस्य चित्रबहादुर खड्का‘अनुपम’, तुलसीपुर नगर कमिटि अध्यक्ष खुसीराम चौधरी, वाईसिएलका केन्द्रीय सदस्य दिपशिखा घर्ती, वाइसिएलका जिल्ला इञ्चार्ज अमर नेपाली (माईकल), जिल्ला संयाेजक माधव बुढाथाेकीलगायतको सहभागिता रहेको थियो ।

अतिथिहरुले अब वाइसीएल पहिलेजस्तै पार्टीको जग बन्नुपर्नेमा जोड दिदै आउदो स्थानीय तहको निर्बाचनमा अग्रमोर्चामा खटिन तयार रहन निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार, ,  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्