हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर,दाङ  । दाङ तुलसीपुरमा कोरोना खोप लगाउन छुटेका बालबालिकालाई मंगलबार (आज) राप्ती प्रादेशिक अस्पताल र भिमसेन मेट्रो अस्पतालमा १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसीका अनुसार दुई वटै अस्पतालमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मोर्डनाको दोस्रो डोज खोप लगाइने छ।  पहिलो डोज लगाएको २८ दिन पुगेका र विभिन्न कारणले छुटेका बालबालिकालाई दोस्रो डोज लगाउन सकिने निरीक्षक केसीले जानकारी दिनुभयो । केसीले पहिले खोप लगाउन छुटेका बालबालिलाई आज दुई अस्पतालमा सम्पर्क गर्न समेत आग्रह गर्नुभयो ।

जनस्वास्थ्य निरिक्षक केसीले आज पनि खोप लगाउन छुटेका बालबालिकालाई भोलि र पर्सी भिमसेन मेट्रो अस्पतालमा खोप दिइने  ब्यवस्था रहेको जानकारी दिनुभयो । केसीले हालसम्म  तुलसीपुरमा २५ हजार २३३ जना बालबालिकाले खोपको पहिलो मात्रा लगाएका छन् भने खोपको दुवै मात्रा  लगाउने अहिलेसम्म २३ हजार २४३ जना पुगेका  छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार, ,  ९ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्